Friday, July 30, 2021

COVID-19 new update in nepal

 कोभिड- १९ अपडेट मुख्य समाचार

 संक्रमण बढ्दै गएकाले ‘स्मार्ट लकडाउन’ गर्न   स्वास्थ्य मन्त्रालयको प्रस्ताब


सञ्चार संवाददाता

काठमाडौँ– पछिल्लो समय नेपालमा कोरोना भाइरसको संक्रमण बढ्दै गएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘स्मार्ट लकडाउन’ गर्नुपर्ने प्रस्ताव गरेको छ।


शुक्रबार बेलुका प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकमा मन्त्रालयले उक्त प्रस्ताव पेश गरेको हो।


उक्त प्रस्ताव अनुसार कोरोना भाइरसको संक्रमणको अवस्था हेरेर जिल्लाहरुलाई विभिन्न जोन (रेड, एम्बर, यल्लो र ग्रीन) मा विभाजन गरिनेछ। स्मार्ट लकडाउन गर्ने प्रस्तावबारे सीसीएमसीको अर्को बैठकमा थप छलफल गरेर निष्कर्षमा पुग्ने स्रोतले जानकारी दियो।


पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ। स्वास्थ्य मन्त्रालयले अबको दुई–तीन महिनामा कोरोनाको तेस्रो लहर आउन सक्ने चेतावनी दिएको छ।


साउन १५, २०७८ मा प्रकाशित

No comments:

Post a Comment

दीपक र दीपाको नयाँ फिल्म 'कालो कोट'मा सौगात मल्ल पनि जोडिए, यस्तो छ भूमिका

भूमिका   दीपक र दीपाको नयाँ फिल्म 'कालो कोट'मा सौगात मल्ल पनि जोडिए, यस्तो छ भूमिका   काठमाडौं - हास्यकलाकार दीपकराज गिरीको नयाँ फिल...